प्रधानमन्त्री ओली स्पेन प्रस्थान

काठमाण्डु टुडे २०८२ असार १४ गते २१:३४ मा प्रकाशित

काठमाण्डू, १४ असार–प्रधानमन्त्री केपी ओली स्पेनको औपचारिक भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

स्पेनको सेभिल्लामा हुने संयुक्त राष्ट्रसंघीय सम्मेलन ‘विकासका लागि वित्त’ मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै ओली त्यसतर्फ प्रस्थान गरेका हुन् ।
सम्मेलनमा विश्व नेताहरूका साथै आर्थिक विकासका लागि क्रियाशिल क्षेत्रीय र अन्तर्राष्ट्रिय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक अगुवालगायत सहभागी हुनेछन् ।

सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । ओलीले अल्पविकसित, साना र टापु मुलुकको अविकासका कारणबारे विश्व नेताहरुको ध्यानाकर्षण गराउनेछन् ।

भ्रमणका दौरान ओलीले स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट गर्नुका साथै स्पेनी प्रधानमन्त्री सान्चेजसँग औपचारिक भेटवार्ता गर्ने तालिका छ ।

परराष्ट्र मन्त्रालयका अनुसार ओलीले विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग साइडलाइन वार्तासमेत गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us