एमाओवादी हङकङ अध्यक्षमा लिङदेन

काठमाण्डु टुडे २०७१ भदौ २५ गते ३:१० मा प्रकाशित

हङकङ– एकीकृत माओवादीको हङकङ शाखा अध्यक्षमा रविन लिङदेन चयन भएका छन् ।
umaoist hongkongएमाओवादीका सचिव वर्षमान पुन र अन्तराष्ट्रिय विभाग सचिव युवराज चौलागाईंको उपस्थितिमा जोर्डनस्थित नमोबुद्घ क्लब हाउसमा सम्पन्न शाखाको दोश्रो अधिवेशनले लिङदेनलाई अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले नेपाली जनप्रगतिशील मञ्च हङकङ पनि गठन गरेको छ ।

धीरेन्द्र चाम्लिङको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति गठन भएको मञ्चले दुई वर्ष अघिदेखि सृजना भएको एकीकृत नेपाली मञ्च हङकङको विवाद पनि सामाधान गरेको छ । एकीकृत नेपाली मञ्चको विवाद समाधान गर्न नेपाली जनप्रगतिशील मञ्च गठन गरेको अध्यक्ष चाम्लिङले बताएका छन् ।
अधिवेशनमा प्रमुख अतिथि वर्षमान पुनले हङकङ साखाको समस्या सामाधानबाट पार्टी केन्द्रले सिक्ने बताए । उनले विचार र कार्यशैली मिल्ने पार्टी हरुसंग एकता प्रक्रिया सुरु भएको जनाउँदै मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग छिट्टै एकता हुने दाबी गरे ।
पुनले बहुमतका आधारमा बनाइने संविधानले मुलुकका समस्याको समाधान नगर्ने बताए । सत्तारुढ दलहरु बहुमतको आडमा संविधान बनाउने दिशामा अघि बढेको उनको भनाइ थियो ।
यस्तै युवा नेता चौलागाईंले नेपालमा सबै खाले विभेदको अन्त्य गर्ने संविधान चाहिएको बताए । वर्गाीय, जातीय र क्षेत्रीय मुक्तिबिना मुलुकको विकास नहुने उनले बताए ।

अधिवेशनलाई सुभकामना दिदै हङकङ साखा पार्टीको निर्वतमान सचिव जे वी ओख्राबु, समावेसी नेपाली समाज सचिव किसन राई, नेपाली जनसम्पर्क समितिका सभापति वसन्त श्रीनेट, प्रवासी नेपाली मञ्च हङकङका उपाध्यक्ष वसन्ती राई, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति हङकङका सहइन्र्चाज ज्ञानु मेन्याङबो, तमु राष्ट्रिय मुक्ति मोर्चा हङकङका अध्यक्ष दुर्गा तमु, किराती राष्ट्रिय मुक्ति मोर्चा हङकङका अध्यक्ष रमेश नामहाङ, मगर राष्ट्रिय मुक्ति मोर्चा हङकङका टंक तरामुले आ–आफ्नो मन्तव्य राखेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us