काठमाण्डू, १ असार– रौतहटमा चट्याङ लागेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनिया रहेका छन ।
आज बिहान चट्याङ लागेर घाइते भएका उनको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए ।