
काठमाण्डू, १ असार– धनकुटा र खोटाङमा आइतबार बिहान भारी वर्षा मापन भएको छ ।
पछिल्लो २४ घन्टामा धनकुटाको मछुवाघाटमा १४०.२ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार धनकुटाकै त्रिवेणीमा १०२.४ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै खोटाङको लामिडाँडामा १००.४ मिलिमिटर वर्षा भएको छ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा बिहानैदेखि मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।