इजरायलद्वारा इरानको तेल भण्डार र रक्षा मन्त्रालयमा हमला

काठमाण्डु टुडे २०८२ असार १ गते ८:२७ मा प्रकाशित

काठमाण्डू, १ असार– इजरायलले इरानको राजधानी तेहरानमा मिसाइल र ड्रोन हमला गरेको छ ।

गएराति दुई देशले एकअर्काविरुद्ध आक्रमण गरेका हुन् । इजरायलले इरानको उत्तरपश्चिमस्थित शरहन तेल भण्डार र रक्षा मन्त्रालय भवनमा हवाई हमला गरेको सीएनएनले जनाएको छ ।

इजरायली रक्षामन्त्री इसराइल कत्जले इरान जलिरहेको भन्दै तेल भण्डारमा आगो लागेको तस्बिर र भिडिओ एक्समा पोष्ट गरेका छन् । इरानी अधिकारीहरुले पनि तेल भण्डारीमा इजरायलले आक्रमण गरेको पुष्टि गरेका छन् । आगलागी नियन्त्रणमा आइसकेको उनीहरुले बताएका छन् ।
सीएनएनका अनुसार इरानी रक्षा मन्त्रालय भवनमा पनि इजरायलले आक्रमण गरेको छ । उक्त भवनमा सामान्य क्षति भएको छ । इरानले पनि इजरायल लक्षित मिसाइल र ड्रोन हमला गरेको छ ।

इजयारलको राजधानी तेल अभिभ र जेरूसलेमका आकाशमा इरानी मिसाइल र ड्रोनहरू देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छद्धन् । सीएनएनले जनाएअनुसार अधिकांश ती सबै आक्रमण इजरायली एयर डिफेन्स प्रणालीले निस्प्रभावी बनाएको छ ।

इजरायलका उत्तरी सहरहरुमा इरानी हमलाबाट केही सर्वसाधारण मारिएका बताइएको छ । केही भवन पूर्ण रूपमा ध्वस्त भएका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us