
काठमाण्डू, ३१ जेठ– मोरङमा माछा मार्ने क्रममा करेन्ट लगाएर मोरङमा दम्पतीको मृत्यु भएको छ । सुन्दरहरैंचा नगरपालिका–७ का ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया फूलमाया लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङले जानकारी दिएको छ ।
मोरङ प्रहरीका अनुसार घर नजिकै सुन्दरहरैँचा–७ स्थित मदेली खोलाको पुलमुनि करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । लिम्बूले माछा मार्नलाई बिजुलीको पोलबाट ‘हुक’ गरेर खोलामा करेन्ट प्रवाह गरेका थिए ।
प्रहरीका अनुसार करेन्ट लागेर दुवै जनाको बिहान ९ः४० बजेतिर घटनास्थलमै मृत्यु भएको हो । शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको पनि प्रहरीले जनाएको छ ।