भिजिट भिसा प्रकरण रमेश लेखकको नेतृत्वमा भएको लुटतन्त्र हो भन्ने यथेष्ट प्रमाण आइसक्योः रास्वपा

काठमाण्डु टुडे २०८२ जेठ ३० गते २१:४१ मा प्रकाशित

काठमाण्डू, ३० जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भिजिट भिसाका नामा हुने मानव तस्करीको नेतृत्व गृहमन्त्री रमेश लेखकले गरेको आरोप लगाएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै झाले अध्यागमन विभागमार्फत भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको नेतृत्व गृह मन्त्रालयले गरिरहेको आरोप लगाए ।

झाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ पटकसम्म अध्यागममर्फत भइरहेको मानव तस्करी रोक्न ध्यानाकर्षण पत्र पठाए पनि बेवास्ता गरिनुको कारण माग गरे । यस्तै झाले आफ्नो संलग्नता खुल्ने डरले मन्त्रालयमा तानेर अनुसन्धान गर्नुपर्ने कर्मचारीलाई विभिन्न जिल्लामा सरुवा गरेको टिप्पणी गरे ।

अध्यागमनबाट भएको मानव तस्करीका कारण राष्ट्रिय रुपमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै भएको दाबी गरे । उच्चस्तरीय न्यायिक वा संसदीय विशेष छानबिन समिति गठन नभएसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी उनको छ ।

सफ्टबेयर नै बनाएर भिजिट भिसाका नाममा उठाइएको रकम वितरण गर्ने गरिएको तथ्य सञ्चार माध्यमले सार्वजनिक गरिसकेको र त्यसमा गृह मन्त्रालय संलग्न रहेको सम्बन्धमा आफूहरुसँग यथेष्ट प्रमाणहरु रहेको उनले बताए ।

‘अख्तियारले अध्यागमनमा बदमासी भइरहेको छ, त्यहाँ ध्यान देउ भनेर गृहमन्त्रालयलाई ९ पटक पत्र काट्दासम्म गृह मन्त्रालय कहाँ थियो ? जब अख्तियारले त्यहाँ धावा बोल्ने बेला भयो तब सबै आफ्नो कर्मचारीहरुलाई लुकाउनको लागि रातारात किन तानियो ? यदि उहाँको संलग्नता छैन, उहाँलाई जानकारी थिएन भने कर्मचारीलाई संरक्षण दिनको लागि किन तानियो ?’ झाले भने, ‘अर्को कुरा, कर्मचारीलाई तानिसकेपछि तामेलीमा मन्त्रालयमै राख्न सक्थ्यो । त्यसलाई रोल्पा, डोल्पा सरुवा गरेर अुनसन्धान प्रभावित गर्न खोजेको पनि प्रमाणित छ ।’

उनले भिजिट भिसा प्रकरण गृहमन्त्री लेखकको नेतृत्वमा भएको लुटतन्त्र हो भन्नेबारे हरेक दिन यथेष्ट प्रमाणहरु आइसकेको दाबी गरे । ‘सेटिङ त अन्तर्राष्ट्रिय नै भइसकेको रैछ । त्यसकारण यसको छानबिन गर्नको लागि छानविन समिति र ठगिएकाहरुले न्याय नपाएसम्म हाम्रो आन्दोलन जारी छ’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us