काठमाण्डू, ३० जेठ– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा आफ्नो अडान कायमै रहेको प्रतिक्रिया दिएको छ ।
उक्त प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै आएको सो पार्टीले शुक्रबार एमाले र माओवादीबिच भएको २ बुँदे सहमतिमा सहभागी छैन ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सत्तारुढ दलहरूसँग सहमति गरेपछि रास्वपा एक्लै विरुद्धमा उभिने तयारी गरेको हो । रास्वपा सांसद सुमना श्रेष्ठले भनिन्, ‘हाम्रो अडान कायम छ ।’