काठमाण्डू, २९ जेठ– जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेशका सांसद् सरोज सिंह कुशवाहा पक्राउ
परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले कुशवाहालाई बिहीबार साँझ राजधानीबाट पक्राउ गरेको हो ।
विकासका नाममा गठित उपभोक्ता समितिहरूमार्फत आएको सरकारी रकम कामै नगरी श्रीमती र स्वकीय लगायतको नामको बैंक खातामा सार्ने गरेकाले उनलाई पक्राउ गरिएको अख्तियारको भनाइ छ ।
कुशवाहा निवासमा अख्तियारले गत १२ जेठमा छापामा मारेको थियो । उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ त्यतिबेलै पक्राउ परेका थिए ।
कुशवाहा गत २०७९ को निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट निर्वाचित भएका थिए ।