आज पनि चल्न सकेन संसद्, भोलिसम्मका लागि स्थगित

काठमाण्डु टुडे २०८२ जेठ २९ गते १९:२९ मा प्रकाशित

काठमाण्डू, २९ जेठ– आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठक पनि प्रतिपक्षी दलहरुले अवरोध गरेपछि भोली सम्मका लागि स्थगित भएको छ । विपक्षी दलहरूले अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

उनका अनुसार अब अर्को बैठक भोलि (शुक्रबार) दिउँसो १ बजे बस्नेछ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् बैठक अवरोध गर्दै आइरहेको छ ।

सो प्रकरणमा छानबिन वा अध्ययन गर्ने भन्ने विषयमा सत्तारुढ दलहरूले लिखित प्रतिबद्धता जाहेर गर्ने बताएका छन् । यद्यपि रास्वपाले निर्णय लिनका लागि थप समय माग गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us