आलमलाई सफाइ दिने न्यायाधीशमाथि मोसो प्रहार

काठमाण्डु टुडे २०८२ जेठ २९ गते १९:२३ मा प्रकाशित

काठमाण्डू, २९ जेठ– उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारूलाई नेकपा बहुमतका कार्यकर्ताहरूले मोसो प्रहार गरेका छन् । उनीहरूले कार्यकक्षमै पुगेर न्यायाधीश थारूमाथि मोसो प्रहार गरेको प्रहरीले जनाएको छ ।

मोसो प्रहार गरेलगत्तै प्रहरीले दुई जनालाई नियन्त्रणमा समेत लिएको छ । थारूसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो ।

जनविरोधी फैसला गरेको भन्दै थारूलाई मोसो प्रहार गरिएको नेकपा बहुमतका कार्यकर्ताले जनाएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us