सभामुखसँग प्रचण्डले गरे छुट्टै छलफल

काठमाण्डु टुडे २०८२ जेठ २९ गते १८:१५ मा प्रकाशित

काठमाण्डू, २९ जेठ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन । उनीहरूबीच संघीय संसद् भवनमा करिब २० मिनेट छलफल भएको हो ।

प्रतिनिधिसभामा जारी अवरोध हटाउनेबारे उनीहरूबीच छलफल भएको स्रोतले जानकारी दिएको छ । सभामुख घिमिरेले बजेटमाथिको छलफलको तालिाका प्रभावित भएको भन्दै सदन खुलाउन भूमिका खेल्न आग्रह गरेका हुन ।

बजेटमाथिको छलफल, निजामती विधेयक लगायत अगाडि बढाउन नेतृत्व लिन प्रचण्डलाई सभामुखले आग्रह गरेका हुन् । सभामुखसँग भेट्नुअघि प्रचण्डले माधव कुमार नेपाल लगायत विपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए ।

जवाफमा प्रचण्डले आफूले सक्दो पहल गर्ने बताएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आइरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us