प्रचण्डसँग माधव नेपालले गरे छलफल

काठमाण्डु टुडे २०८२ जेठ २९ गते १५:१९ मा प्रकाशित

 

काठमाण्डू, २९ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले छलफल गरेका छन ।

भेटमा माधव नेपालका अलावा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र नेता शेरबहादुर कुँवर थिए । माओवादीबाट प्रचण्डसहित उपमहासचिव वर्षमान पुन र प्रमुख सचेतक हितराज पाण्डे सहभागी रहेको स्रोतले जानकारी दिएको छ ।

प्रचण्डले सदनका बारेमा छलफल भएको जानकारी दिए । उनले विपक्षी लगाएत अन्य दलहरूसाग छलफल गरेर आवश्यक निर्णय हुने पनि बताएका छन । अध्यक्ष नेपालले संसद् खुलाउन मध्यमार्गी उपाय निकाल्नुपर्नेमा छलफल भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us