रास्वपाले सोध्यो सुदूरपश्चिम सभापतिलाई स्पष्टीकरण

काठमाण्डु टुडे २०८२ जेठ २९ गते १३:३४ मा प्रकाशित

काठमाण्डू, २९ जेठ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम सभापति प्रकाश विष्टलाई स्पष्टीकरण सोधेको छ । केन्द्रीय समिति सदस्य समेत रहेका विष्टलाई अनुशासन आयोगले स्पष्टीकरण सोधेको रास्वपा स्रोतले जानकारी दिएको छ ।

पार्टीमा केही विषयमा द्धिविधा भए स्पष्ट पार्नका लागि स्पष्टीकरण सोध्ने प्रचलन रहेकाले यसलाई ठूलो रुपमा लिनु नपर्ने स्रोतले जनायो । विष्ट असार २ मा भारतको मुम्बईमा हुने रास्वपाको कार्यक्रममा उपसभापति डा. स्वर्णिम वाग्लेसँगै जाने तय भएको छ ।

रास्वपा निकट प्रवासी नेपाली सम्पर्क मञ्च भारतको महाराष्ट्र राज्य समितिका प्रथम राज्य भेला आह्वान गरिएको छ । भेलाको प्रमुख अतिथिमा उपसभापति डा. वाग्लेलाई निमन्त्रणा गरिएको छ ।

विष्ट मुम्बइ आउने गरी त्यहाँको समितिले प्रचार गरेपनि उनी त्यहाँको कार्यक्रममा सहभागी नहुने भएका छन् । विष्टले भने, ‘आन्तरिक कामहरु छ । मुम्बईको कार्यक्रममा जान्न होला ।’ स्पष्टीकरण सोधिएका प्रदेश सभापति विष्ट पेशाले इञ्जिनियर समेत हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us