एक सय स्थानीय तहमा भूमि बैंक स्थापना गरिने

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १६:०२ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– सरकारले आगामी आर्थिक वर्षभित्र कम्तीमा एक सय स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।

कृषियोग्य भूमिको उपयोग गर्न भूमि बैंकसम्बन्धी कानुनी व्यवस्था गरिने भएको छ । त्यस्तै, कृषियोग्य भूमि बाँझो राख्न नपाइने व्यवस्था गर्ने घोषणा सरकारले गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us