वर्षमानले थालेको प्रचलनलाई विष्णु पौडेलद्वारा निरन्तरता

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १५:१९ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– अर्थमन्त्री विष्णप्रसाद पौडेलले नेपाली कच्चा पदार्थबाट निर्माण गरिएको झोलामा बजेट पुस्तिका राख्ने अघिल्लो वर्षबाट सुरु प्रचलनलाई निरन्तरता दिएका छन् ।

पूर्वअर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट पुस्तिका जाँजाबाट निर्मित नेपाली झोलामा राखेका थिए । नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले त्यसो गरिएको उनले बताएका थिए ।

यसअघि विदेशी छालाबाट निर्मित महंगो ब्रिफकेश’ मा बजेट पुस्तिाका राख्ने गरिएको थियो । झट्टा हेर्ला अघिल्लो वर्षकै जस्तो देखिए पनि नयाँ झोला भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीले नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीतिअनुसार नै स्थानीय उत्पादनबाट बनेको झोलामा बजेट पुस्तिका राखिएको बताए ।

‘हेर्दा अघिल्लो वर्षको जस्तै देखिए पनि बजारबाट नयाँ किनेर ल्याएको हो । त्यतिबेला र अहिलेकोमा केही फरक छ । तर झोला नेपाली हो । नेपाली उत्पादन प्रवद्र्धन गर्ने प्रचलन जसले गरेको भए पनि निरन्तरता दिनुपर्छ भन्ने हो’, केसीले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us