
काठमाण्डू १५ जेठ– आज राजसंस्था पुनःस्थापना समितिले काठमाण्डूमा आन्दोलन गरी रहेको छ । राजावादी समूह अहिले विभिन्न स्थानबाट जुलुस निकालेर अहिले शान्तिबाटिकामा पुगेर आन्दोलन सुरु गरेका छन् ।
जस अन्तर्गत मैतीदेवीबाट शान्तिबाटिकासम्मको आन्दोलनको नेतृत्व राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गरीरहेका छन । मैतीदेवी देखि शान्तिबाटिकासम्मको आन्दोलनमा सहभागीहरु टन्टलापुरको घाममा आन्दोलन गरीरहेका छन तर आन्दोलनका नेतृत्वकर्ता लिङ्देन भने छाता ओडेर आन्दोलनमा सहभागी भएका छन ।
राजावादी समुहले वर्तमान व्यवस्थाविरुद्ध राजावादी समूहले राजधानीमा आन्दोलन गर्दा लिङ्देनले सो क्षेत्रको छाता ओडेर नेतृत्व गरेका हुन् ।