
काठमाण्डू, १५ जेठ– संघीय संसदका दुवै सदनमा आगामी आर्थिक वर्ष ०८२/०८३ को बजेट प्रस्तुत गर्दा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहभागी नहुने भएका छन् ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आफ्नो दलका तर्फबाट सांसदहरु धु्रबहादुर प्रधान र रोशन कार्की मात्र संसद् बैठमा उपस्थित हुने जानकारी दिए ।
प्रतिनिधिसभामा राप्रपाका १४ सांसद् छन् । अध्यक्ष लिङदेनसहित १२ सांसद आजबाट सुरु काठमाण्डू केन्द्रित राजावादी प्रदर्शनमा सहभागी हुने बताए ।
राप्रपासहित विभिन्न राजावादी समूहहले अपराह्न २ बजेपछि रत्नपार्क शान्तिबाटिकाबाट राजतन्त्रको पक्षमा प्रदर्शन गर्दैछन् ।