भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ: पराजुली

काठमाण्डु टुडे २०८२ जेठ १४ गते १६:२९ मा प्रकाशित

काठमाण्डू १४ जेठ– रास्वपा सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने बताएका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै रास्वपा सांसद पराजुलीले यस्तो बताएका हुन ।

उनले भिजिट भिसा प्रकरणमा वर्तमान मन्त्रीपरिषद्का मन्त्री जोडिएकाले यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन । उनले अख्तियारले स्वतन्त्र रूपमा अनुसन्धान गर्न नपाउने हो कि भन्ने आशङ्का उत्पन्न भएकाले गृहमन्त्री राजीनामाका साथै अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गर्नुपर्ने आफूहरूको बटमलाइन भएको पनि स्पष्ट पारे ।

सांसद पराजुलीले प्रतिनिधिसभामा सभामुखको भूमिकाप्रति समेत आपत्ति जनाए । सत्तापक्ष सांसद वा गृहमन्त्रीलाई बोल्न दिने भएमात्रै प्रतिपक्षीलाई बोल्न नदिने भन्दै सभामुखले बार्गेनिङ गरेको समेत उनको आरोप छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us