१० वर्षपछि माओवादीमा फर्किए गंगानारायण श्रेष्ठ

काठमाण्डु टुडे २०८२ जेठ १२ गते १३:३० मा प्रकाशित

काठमाण्डू, १२ जेठ– नेसपाका नेता गंगानारायण श्रेष्ठ १० वर्षपछि नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । उनी आज पार्टी समायोजनमार्फत् प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा फर्किएका हुन् ।

०७२ असोज ९ गते डा( बाबुराम भट्टराईसँगै श्रेष्ठ पनि माओवादीबाट अलग भएका थिए । ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा प्रचण्ड र श्रेष्ठले पार्टी समायोजन सम्बन्धी दस्तावेजमा हस्ताक्षर गरे ।

माओवादी र महिन्द्रराय यादव नेतृत्वको नेसपाबीच ०८० जेठ ३ गते पार्टी एकता गर्ने लिखित सहमति भएको थियो । तर एकताका लागि यादवले तत्परता नदेखाएको भन्दै पार्टी एकता कार्यदलका सदस्य श्रेष्ठ अघि बढेर आज माओवादी केन्द्रमा फर्किएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us