
काठमाण्डू, १२ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक माथि उठेका प्रश्नमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।
बैठक आज (सोमबार) दिउँसो ४ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्ने गरी संसदीय दलको बैठक बोलाइएको रास्वपाका एक नेताले जानकारी दिएका छन ।
बैठकमा छलफलका लागि तीन एजेण्डा रहेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । छलफलका विषयमा गृहमन्त्री लेखकमाथि उठेको प्रश्न, संसदमा रास्वपाले निर्वाह गर्नुपर्ने भूमिका र विविध रहेको झाले जानकारी दिए । बैठक संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको नेतृत्वमा बस्नेछ ।