काठमाण्डू, १२ जेठ– संखुवासभा प्रहरीले दुई बालिकालाई बलात्कार गरेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा संखुवासभाको चिचिला गाउँपालिका–२ घर भएका ३५ वर्षीय तुफान राई र सोही गाउँपालिका ३ का २८ वर्षीय प्रकाश राई रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुले ७ जेठमा खाँदबारी बजार घुम्न आएका १६ र १७ वर्षीया बालिकालाई ललाई फकाई बलात्कार गरेको पाइएको संखुवासभा प्रहरीका इन्स्पेक्टर तथा सूचना अधिकारी अभिषेक कुमार श्रेष्ठले जानकारी दिएका छन ।
खाजा खाने, घुम्न जाने भन्दै मोटरसाइकलमा राखेर खाँदबारीको एक होटलमा लगेर उनीहरुले बलात्कार गरेको आरोप रहेको प्रहरीले जानकारी दिएको छ । पीडित बालिकाको तर्फबाट जाहेरी पछि प्रहरीले आइतबार पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान अघि बढाएको छ ।