
काठमाण्डू, १२ जेठ– सत्ताको प्रमुख घटक दल कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ । आज बिहान बसेको पदाधिकारी बैठकमा मन्त्री लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन ।
बैठकपछि कांग्रेस प्रवक्ता महतले भने, ‘जहाँसम्म गृहमन्त्री जीको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’ उनले लेखकलाई जबरजस्ती जोडेर अफवाह फैलाइएको समेत जानकारी दिएका छन ।