तीनकुनेमा मलाई मार्न खोजेपछि प्रहरीको भिडमा गाडी हुइँक्याएः दुर्गा प्रसाईं

काठमाण्डु टुडे २०८२ जेठ ११ गते २१:१६ मा प्रकाशित

काठमाण्डू, ११ जेठ- तीनकुने हिंसा र नरसंहारका जनकमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने तयारी भएको बुझेपछि ज्यान बचाउन तीनकुनेमा प्रहरीलाई कुल्चने गरी गाडी चलाएको दाबी गरेका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डूमा दिएको बयानमा प्रसाईंले चैत १५ गते तीनकुनेमा राजावादी आन्दोलनका क्रममा कार्यक्रम स्थल आसपास घरबाट हतियारधारी समूहले आफ्नो ज्यान मार्न खोजेको बुझेपछि गाडी हुयँक्याएको बताएका हुन् ।

त्यसपछि गाडी चलाइरहेका चालकलाई बाहिर निकालेर आफूले गाडी हाँकेको प्रसाईंले बताए । आफू र कार्यक्रममा आएकाहरुको ज्यान समेत बचाउन आओआओ भनेर बोलाएर प्रहरी घेरा तोड्न गाडी चलाएको उनको भनाइ थियो ।

आफूले गाडी चलाउँदा कुनै प्रहरी घाइते नभएको र घाउचोट नलागेको जिकिर उनको छ । तर,प्रहरीले आफ्नो गाडीको सिसा फुटाएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us