एनआरएनए दक्षिण अष्ट्रेलिया राज्य संयोजकमा थीर गुरूङको उम्मेदवारी घोषणा

काठमाण्डु टुडे २०८२ जेठ ११ गते १५:५३ मा प्रकाशित

एडिलेड — गैर आवासीय नेपाली संघ (एनआरएनए) को दक्षिण अष्ट्रेलिया राज्य संयोजकमा थीर गुरूङले उम्मेदवारी घोषणा गरेका छन्। गुरूङ हाल एनआरएनए अस्ट्रेलियाको सचिव रहेका छन्। एनआरएनए अस्ट्रेलियाको आउँदो जुलाई २६ मा निर्वाचन हुँदैछ।

१८ वर्षदेखि अष्ट्रेलिया बसोबास गरिरहेका गुरुङले एनआरएनएसहित विभिन्न नेपाली संघसंस्थामा सक्रिय स्वयंसेवकको रूपमा काम गर्दै आएका छन्। उम्मेदवारी घोषणा गर्दै गुरूङले पारदर्शिता, जवाफदेहिता, र समावेशीताको मूलमन्त्रका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले नयाँ पुस्तालाई एनआरएनए मा सहभागी गराउने अवसरहरू सिर्जना गर्ने,दक्षिण अष्ट्रेलियामा रहेका नेपालीहरूको हकअधिकार, सहयोग र एकताको लागि निस्वार्थ काम गर्ने, आपतकालीन सहायता, विद्यार्थी समर्थन, र सामाजिक कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने बताएका छन् ।

उम्मेदवारी घोषणा गर्दै उनले नेपाली सामुदायिक हल बनाउने प्रक्रिया का लागि बृहत छलफल र आर्थिक संकलन गर्ने, दोश्रो पुस्ताका नानी बाबुहरुको कला तथा प्रतिभा देखाउने कार्यक्रम गर्ने, प्रत्येक ३ देखि ६ महिनामा नेपाली समुदाय बीच भैपरी आएका समस्या र समाधानका लागि छलफल र पारदर्सी समाधान का लागि प्रयाश गर्ने बताएका छन् ।

एनआरएनए बिगतदेखि वर्तमानसम्म भएका काम र यसको इतिहास लाई जोडेर एक किताब प्रकाशन गर्नेसमेत उनको योजना छ। ‘एनआरएनए कुनै व्यक्ति विशेषको संस्था होइन ,यो हामी सबैको साझा घर हो । अबको नेतृत्व सहकार्य र विश्वास सहितको होस्। म तपाईंहरूको अमूल्य मत र साथको अपेक्षामा छु’ गुरूङले भने, ‘संगै मिलेर सामाजिक काम गरौं — अबको यात्रा तपाईंहरूको साथ, मेरो आवाज।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us