
काठमाण्डू, ११ जेठ– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे बस्ने गरी देउवाले बैठक बोलाएको एक नेताले जानकारी दिएका छन ।
बैठक कांग्रेस सभापति देउवा निवास बुढानीलकण्ठमा बस्ने ति नेताले जानकारी दिए । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि सभापति देउवाले बैठक बोलाएका हुन् ।
महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्था बारे जानकारी गराउन बैठक डाकिएको पौडेलले जानकारी गराए । थापा सदस्यता व्यवस्थापन समितिको संयोजक हुन् ।
पौडेलले भने,‘महामन्त्री ज्यूले क्रियाशील सदस्यता नवीकरणको अहिलेसम्म भएका कामहरुको व्रिफिङ गर्नुहुनेछ ।’ कांग्रेसले क्रियाशील सदस्यता नवीकरणका लागि असार मसान्तसम्मको समयावधि तोकेको छ ।
पदाधिककारी बैठकमा समसायिक राजनीतिक घटनाक्रम बारे पनि छलफल हुने मुख्य सचिव पौडेलले जानकारी दिएका छन ।