जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ जेठ ११ गते १२:५६ मा प्रकाशित

काठमाण्डू, ११ जेठ– इलाममा जङ्गली च्याउ खाँदा बिरामी भएका दुई जनाको मृत्यु भएको छ । च्याउ खाँदा बिरामी भएका इलामको माङ्सेबुङ ५ का दुई जनाको आइतबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा माङ्सेबुङ ५ की १७ वर्षीया नुमा लावती र २२ वर्षीय मनिसा चेम्जोङ रहेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । सोही ठाउँका धनराज साङ्बाङ भने गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूले जङलबाट संकलन गरेर ल्याएको च्याउ सेवन गरेपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो । च्याउ खाएको केही घण्टामै उनीहरूलाई वान्ता, पेट दुख्ने, टाउको दुख्ने जस्ता लक्षण देखिएको र तत्कालै उपचारका लागि अस्पताल लगिएको थियो ।

यद्यपि दुई जनाको मृत्यु भएको र एक जना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us