मेयर बालेनले महानगरका प्रवक्ता मानन्धरलाई सोधे स्पष्टीकरण

काठमाण्डु टुडे २०८२ जेठ ११ गते १२:४४ मा प्रकाशित

काठमाण्डू, ११ जेठ– काठमाण्डू महानगरपालिकाका (प्रमुख) मेयर बालेन्द्र शाह ‘बालेन’ ले महानगरका प्रवक्ता एवं १७ का वडाध्यक्ष नवीन मानन्धरलाई स्पष्टीकरण सोधेका छन् ।

मेयर बालेनले (आज) आइतबार पत्रमार्फत स्पष्टीकरण सोधिएको प्रवक्ता मानन्धरले जानकारी दिएका छन । स्पष्टीकरण सोध्नुको मुख्य कारण मेयर शाहको विरुद्धमा आवाज उठाउनु रहेको पनि उनले बताएका छन ।

उनले भने, ‘केहि पनि विषय तोकिएको छैन । मैले अहिले बोलिरहेको विषयमा उहाँको आपत्ति रहेको बुझेको छु, यद्यपि पत्र मेरो हातमा परिसकेको छैन ।’

मेयर शाहले पाँच महिनादेखि कार्यपालिका बैठक बोलाउन नसकेको भन्दै चैत १० गते कार्यपालिका माग गर्दै कांग्रेसबाट निर्वाचित सबै वडाध्यक्षहरूले मेयर शाहलाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रवक्ता मानन्धरलगायतका वडाध्यक्षहरूले बालेनको एकल निर्णयलाई विरोध गर्दै आएका छन् । यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेश गराउने क्रममा प्रवक्ता मानन्धरले मुख्य भूमिका खेलेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us