
काठमाण्डू, १० जेठ– सङ्घीय राजधानी काठमाण्डूको प्रदेशविन्दु नागढुङ्गा–नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ । नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः३० बजेदेखि अपाह्न ३ः०० बजेसम्म उक्त सडक बन्द गरेर काम सुरु गरीएको जानकारी दिएको छ ।
काठमाण्डूका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाण्डू र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएको जानकारी दिएका छन । आयोजनाले नागढुङ्गा–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको पनि बताएका छन ।
उनले नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड) काठमाण्डूबाट जाने सवारी साधन नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाण्डू आउने सवारीसाधन खानीखोलामा रोकिने जानकारी दिएका छन ।
प्रहरीले विकल्पमा धार्के–सीतापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ ।