
पोखरा, ९ जेठ– एमाले महासचिव शंकर पोखरेलले आफ्नो पार्टी र नेतृत्वविरुद्ध माओवादीले संगठित रुपमा आक्रमण गरिरहेको आरोप लगाएका छन् ।
पोखरामा आयोजित पार्टी सम्वद्ध युवा संघको १०औं राष्ट्रिय महाधिवेशन उदघाटन कार्यक्रममा पोखरखेलले एमाले नेृत्वमाथि हमला गर्ने सबै माओवादी भएको बताए ।
‘आज हाम्रो पार्टीका विरुद्ध जुन प्रकारको घेराबन्दी र आक्रमण भइरहेको छ । कसका तर्फबाट भइरहेको छ भन्ने कुरालाई हामीले विश्लेषण र विवेचना गर्ने हो भने सबैभन्दा धेरै हाम्रो पार्टी र हाम्रो पार्टीका नेतृत्वको विरुद्धमा नेकपा माओवादी र तिनका कार्यकर्ताहरू अत्यन्त आक्रामक रुपमा प्रस्तुत भइरहेको पाउने गर्दछौं’, पोखरेलले भने ।
माओवादी एमालेलाई कमजोर र समाप्त पार्न लागिपरेको उनको भनाइ थियो । माओवादीको विरोधबाट पार्टी पंक्ति पनि भ्रमित भएको उनले बताए । माओवादीका आरोपबाट दिग्भ्रमित र उद्धेलित नहुने पोखरेलले कार्यकर्तालाई निर्देशन दिए ।