कैलालीको अत्तरियामा बेहोस भेटिएका पुरुषको मृत्यु

काठमाण्डु टुडे २०८२ जेठ ९ गते १४:३४ मा प्रकाशित

काठमाण्डू, ९ जेठ– कैलालीको अत्तरियामा बेहोस अवस्थामा भेटिएका एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कमा बिहीबार राति बेहोस अवस्थामा भेटिएका नाम, थर नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बेहोस अवस्थामा भेटिएका उनलाई प्रहरीले उपचारका लागि पद्ममा अस्पताल पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिएका छन ।

तर पद्मा अस्पतालले सेती प्रादेशिक अस्पताल रेफर गरेको थियो । उनको सेती प्रादेशिक अस्पतालमा राति उपचारकै क्रममा मृत्यु भएको डीएसपी सिंहले जानकारी दिएका छन ।

मृतकको पहिचान भने नखुलेको प्रहरीले जानकारी दिएको छ । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us