
काठमाण्डू, ९ जेठ– अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ । बजेट निर्माणलाई ध्यान दिएर अर्थले मन्त्रालय प्रवेशमा कडाइ गरेको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवेशद्वारहरू बन्द गर्न थालिएको छ भने प्रहरी समेत तैनाथ गरिएको स्रोतले जानकारी दिएको छ । ‘बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेको र अहिले तयारीका काम जारी रहेको अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीले जानकारी दिएका छन ।
उनले भने, ‘बजेट तयारीलाई व्यवस्थित र योजनाबद्ध रूपमा अघि बढाउन मन्त्रालय प्रवेशमा कडाइ गरेका हौं ।’आर्थिक वर्ष ०८२–८३ को बजेट निर्माणसम्बन्धी परामर्श, छलफल र सुझावका लागि अर्थ मन्त्रालयले गत वैशाख महिनामा सबैलाई सहज पहुँचको व्यवस्था गरेको थियो ।
यही १५ जेठमा संघीय संसद्को बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष ०८२–८३ को बजेट वक्तव्य प्रस्तुत गर्नेछन् ।