
काठमाण्डू, ९ जेठ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि आज (शुक्रबार) पनि सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबारदेखि सुनुवाइ जारी रहेको छ । लामिछानेसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको रिटमा पनि सुवेदी र ढकालको इजलासमा सुनुवाइ जारी छ । बिहीबार रवि र छविका तर्फका अधिवक्ताहरूको बहस गरिसकेका छन् ।
सरकारी वकिलको बहस पनि सकिएको छ । शुक्रबार जाहेरवालाको तर्फबाट बहस हुनेछ । त्यसपछि जवाफी बहस हुनेछ । लामिछाने र जोशी सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा छन् ।