बस र कार ठोक्किँदा कार चालकको मृत्यु

काठमाण्डु टुडे २०८२ जेठ ९ गते ७:३८ मा प्रकाशित

चितवन, ९ जेठ- पूर्वी चितवनमा बस र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–२ ज्यामिरे चोकमा उदयपुरबाट काठमाण्डू आइरहेको बस र चितवन जाँदै गरेको कार आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

चितवन प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालका अनुसार दुर्घटनामा कार चालक खैहरनी नगरपालिका–८ का ४२ वर्षीय प्रदीप तिमिल्सिनाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका तिमिल्सिनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
बस र बसका चालक प्रहरी नियन्त्रणमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us