ज्ञानेन्द्रले आफ्नै होटलमा भेला गरे राजावादी नेता

काठमाण्डु टुडे २०८२ जेठ ८ गते १९:५६ मा प्रकाशित

काठमाण्डू, ८ जेठ-पूर्वराजा ज्ञानेन्द्र शाहले १५ जेठदेखि थाल्ने भनिएको राजावादी आन्दोलनको तयारी बैठक राखेका छन् ।

ज्ञानेन्द्र राजावादी नेताहरुसँग आफ्नै लगानीको सोल्टी होटलमा बिहीबार लन्च मिटिङ राखेका हुन् ।

बैठकमा संयुक्त जनआन्दोलन समिति संयोजक पूर्वपञ्च नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्ट सहभागी थिए ।

श्रोतका अनुसार १५ जेठबाट सुरु हुने आन्दोलनको तयारी र प्रभावकारिताबारे ज्ञानेन्द्र र राजावादी समूहका नेताबीच कुराकानी भएको थियो ।

यसअघि पनि ज्ञानेन्द्रले करिब दुई साता नगरकोटमा बसेर राजावादी समूहका नेतासँग एक्लाएक्लै भेटेर छलफल गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us