
काठमाण्डू, ८ जेठ– प्रहरीले थाइल्यान्डको गाँजाबाट लिएर आएका एक भारतीय नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय श्रीनेश कल्लेकलथिल छन् ।
उनलाई विमानस्थल सुरक्षा प्रहरीले बुधबार राति ४ किलो ४८० ग्राम गाँजासहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनी नेपाल एयरलाइन्सको उडानद्धारा बैंकबाट काठमाण्डू आएका थिए ।
उनले ल्याएको सुटकेशमा गाँजा भेटिएपछि लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीलाई बुझाइएको छ ।