
काठमाण्डू, ८ जेठ– झापाको बुद्धशान्ति गाउँपालिका–५ पाँचपोखरी सामुदायिक वनमा जंगली हात्ती मृत अवस्थामा भेटिएको छ । हिजो (बुधबार) दिउँसो भाले मकुना हात्ती मृत फेला परेको डिभिजन वन कार्यालय झापाले जानकारी दिएको छ ।
मृत मकुना (दाह्रा नभएको भाले हात्ती) अन्दाजी ५० वर्षको भएको अनुमान छ । यो मकुना करिब २ महिनाअघि घाइते अवस्थामा भेटिएको थियो । पछाडिको खुट्टा र पुच्छरमा संक्रमण देखिएपछि वन कार्यालयको टोलीले उपचारको प्रयास पनि गरेको थियो ।
राम्रोसँग हिँडडुल गर्न नसक्ने भएका कारण हात्ती धेरै टाढा गएको थिएन् । बुधबार मृत भेटिएको डिभिजन वन कार्यालय झापा कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले जानकारी दिएका छन । पोस्टमार्टमपछि हात्तीलाई खाल्डो खनेर गाडिएको पनि उनले जानकारी दिएका छन ।