यार्सा संकलन गर्न गएका एक युवकको लेक लागेर मृत्यु

काठमाण्डु टुडे २०८२ जेठ ८ गते १२:३६ मा प्रकाशित

काठमाण्डू, ८ जेठ– यार्सा संकलनका लागि डोल्पा पाटनमा गएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जुम्लाको गुठीचौर गाउँपालिका–१ मणि साँघुका भीमबहादुर बोहरा रहेका छन । बोहराको बुधबार लेक लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

डोल्पाको जगदुल्ला गाउँपालिका–१ जगदुल्ला मध्यवर्ती पाटनमा गएका वेला उनलाई लेक लागेको बताएको छ । सँगै गएका स्थानीयलाई उद्धृत गर्दै प्रहरीले लेक लागेर बिरामी भएपछि घर ल्याउँदै गर्दा गुठिचौर गाउँपालिका १ लेकस्थित बाटोमै उनको मृत्यु भएको जनाएको छ।

विस्तृत जानकारी भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिएका छन । उनका अनुसार प्रहरी निरीक्षक रोहित रसाईलीसहितको टोली त्यहाँ गइरहेको छ ।

यार्सा सङ्कलनका लागि डोल्पा पाटनजेठ ५ गते खुलेको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us