दिउँसै रात पार्ने ऊर्जामन्त्रीलाई बृहत् जनआन्दोलनबाट नहटाए देश डुब्छः महावीर पुन

काठमाण्डु टुडे २०८२ जेठ ७ गते १३:३४ मा प्रकाशित

काठमाण्डू, ७ जेठ– सामाजिक अभियन्ता महावीर पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई पदबाट हटाउन माग गरेका छन । आज (बुधबार) सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्दै उनले यस्तो माग गरेका हुन ।

ऊर्जामन्त्री खड्कालाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसले हटाउने संकेत नदेखिएको पनि उनले बताएका छन । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ऊर्जामन्त्री जस्तो दिउँसै रात पार्नेलाई संयुक्त बृहत् जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्नेछ ।

त्यस्तो दृष्ट व्यक्तिलाई हटाउने कांग्रेस पार्टीले अथवा प्रधानमन्त्रीले हो। तर उनीहरूले हटाउने छाँटकाँट देखिएन। बृहत् जनआन्दोलन अन्तिम उपाय देखियो।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us