गठबन्धन ८४ सम्म कायम रहन्छ, सरकारविरुद्धको प्रचार आधारहीनः महासचिव पोखरेल

काठमाण्डु टुडे २०८२ जेठ ७ गते १३:२७ मा प्रकाशित

काठमाण्डू, ७ जेठ– एमाले महासचि शंकर पोखरेलले सरकार आर्थिक विकास र पूर्वाधार निर्माणमा केन्द्रित रहेको दाबी गरेका छन । आज (बुधबार) गृह जिल्ला दाङमा भएको पत्रकार सम्मेलनमा बोल्दै एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन ।

उनले कांग्रेस र एमाले मिलेर बनेको सरकार जनताको निराशा हटाउँदै आर्थिक विकासबाट जीवनस्तर सुधार्न प्रयासरत रहेको दाबी गरेका हुन् । उनले सत्ता गठबन्धन ०८४ को निर्वाचनसम्म कायम रहने दाबी गर्दै पोखरेलले सरकारविरुद्धको नकारात्मक प्रचार आधारहीन हुने पनि बताएका छन ।

एमाले महासचिव पोखरलले दलहरूबिच असमझदारी नभएसम्म सरकार स्थिर रहने उनको भनाइ छ। सरकारको नीति र योजनाले मुलुक आर्थिक रूपमा बलियो भएको र राजस्व संकलन बढेको पनि बताएका छन । उनले भने, ‘दाङको घोराही–तुलसीपुर चारलेन सडक निर्माणका लागि बोलपत्र आह्वान भएको छ, चाँडै काम सुरु हुन्छ ।

लमही-घोराही सडकलाई वैकल्पिक मार्गका रूपमा अगाडि बढाउने योजना सरकारले बनाएको छ ।’ सो अवसरमा उनले दाङको टरिगाउँ विमानस्थल विस्तार हुने र पिउने पानी तथा सिँचाइका लागि विभिन्न योजना बनाइएको बताए । ‘दाङको औद्योगिक क्षेत्रमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम चाँडै सुरु हुनेछ,’ उनले भने, ‘इन्धन डिपो निर्माणबारे सरोकारवालासँग छलफल भइरहेको छ ।’

पोखरेलले लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा जग्गाको कित्ताकाट आगामी आर्थिक वर्षदेखि सुरु हुने र यो विषय प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश भएको जानकारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us