साथीले बोलाएर गइन्, सामूहिक बलात्कारको किशार भइन्

काठमाण्डु टुडे २०८२ जेठ ७ गते ९:०० मा प्रकाशित

चितवन, ७ जेठ– चितवनमा एक किशोरी सामूहिक बलात्कारमा परेकी छन् ।

भरतपुर महानगरपालिका–१४ की १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । पीडितको जाहेरीका आधारमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

चितवन प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालले गत वैशाख २५ गते साँझ साथीले बोलाएर बलात्कार गरेका हुन् । खनालका अनुसार ६ किशोरले मादक पदार्थ सेवन गराएर अचेत अवस्थामा किशोरीमाथि बलात्कार गरेका थिए ।

यस्तै पीडकहरुले बलात्कार घटनाको भिडियोसमेत बनाएका थिए । घटनाबारे पीडित युवतीले आफ्नी माइजुलाई बताएकी थिइन् । लगत्तै उनका मामाले दोषीमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us