विश्व पौडेल गभर्नर बन्ने चर्चाले शेयर बजारमा उछाल

काठमाण्डु टुडे २०८२ जेठ ६ गते १६:२० मा प्रकाशित

काठमाण्डू, ६ जेठ–अर्थशास्त्री एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल नेपाल राष्ट्रबैंकको गभर्नरमा नियुक्त हुन चर्चासँगै मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उल्लेखनीय वृद्धि देखिएको छ ।

नेपाल राष्ट्र बैंकको सम्भावित गभर्नर नियुक्तिसम्बन्धी सकारात्मक चर्चाले बजारमा उत्साह ल्याएको विश्लेषण गरिएको छ।

दिनभरको कारोबारपछि नेप्से सूचक ४९.०९ अंकले बढेर २६७७.४५ विन्दुमा बन्द भएको छ ।

बजारमा सक्रिय २२९ वटा कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ भने १५ कम्पनीको शेयर घटेको छ । यद्यपि, घट्दो बजारबीच एक कम्पनीका लगानीकर्ताले भने सबैभन्दा बढी घाटा बेहोरेका छन् ।

यस दिन दुई विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीका शेयरमूल्य १० प्रतिशतले वृद्धि भएपछि लगानीकर्ताहरूले उत्कृष्ट लाभ लिएका छन् । त्यसैगरी, अन्य तीन कम्पनीका शेयर पनि झण्डै ९ प्रतिशतसम्म बढेका छन् ।

वीन नेपाल लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरूले सबैभन्दा बढी घाटा व्यहोर्नुपरेको छ । यस कम्पनीको शेयरमूल्य आज ३.०९ प्रतिशतले घटेको छ।

मंगलबारको कारोबारमा राधी विद्युत् कम्पनी सबैभन्दा अग्रस्थानमा रह्यो । यस कम्पनीको कुल कारोबार ४१ करोड ८० लाख रुपैयाँ बराबर पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

बजारमा देखिएको यो सुधारले लगानीकर्ता आशावादी भएको देखिएो छ । खास गरी बैंकिङ तथा ऊर्जा क्षेत्रका कम्पनीहरूमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us