
दाङ, ६ जेठ– दाङ—एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकार नढल्ने दाबी गरेका छन् ।
गृहजिल्ला दाङको तुलसीपुरमा मंगलबार आयोजित एक कार्यक्रममा पोखरेलले वर्तमान सत्ता गठबन्धन ०८४ सालसम्मै टिक्ने दाबी गरे ।
सरकार ढाल्न पाए मुलुकमा अराजकता ल्याउन सकिन्थ्यो कि भनेर केही राजनीतिक शक्ति लागिपरेको उनको भनाइ थियो ।
उनले माओवादीले सत्ता बाहिर रहँदाको छटपटीका कारण सरकार ढल्ने हल्ला चलाएको टिप्पणी गरे ।
‘माओवादीलाई सरकारबाहिर हुँदा छटपटी भए पनि सरकार ढाल्न सम्भव छैन’, पोखरेलले भने, ‘मुलुकको आवश्यकताले बनेको यो गठबन्धन अर्को निर्वाचन नभएसम्म जारी रहन्छ ।’