
कपिलवस्तु, ६ जेठ– कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विद्युतीय कारोबारसम्बन्धी कसुरमा चौधरीलाई पक्राउ गरिएको जनाएको छ ।
चौधरीविरुद्ध रुपन्देही जिल्ला अदालतले गत १ जेठ मा पक्राउ पुर्जी जारी गरेको थियो ।
चौधरीलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ ।
चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट ०७९ को स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।