
काठमाण्डू, ६ जेठ–सत्तारुढ काँग्रेस र एमालेबीच व्श्वि पौडेललाई नेपाल राष्ट्रबैंकको गभर्नरमा नियुक्त गर्ने सहमति भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार बालुवाटारमा भएको भेटवार्तामा पौडेलललाई गर्भनर नियुक्त गर्ने सहमति भएको हो ।
गभर्नर सिफारिसमा समितिमा रहेका पौडेलको नाम काँग्रेसले गभर्नरमा अघि सारेपछि उनले राजीनामा दिएका थिए ।
तर, पौडेलले काँग्रेसको चुनाव चिह्नबाट निर्वाचन लडेकाले अदालतले नियुक्ति बदर गर्न सक्ने भन्दै प्रधानमन्त्री ओलीले आनाकानी गर्दै आएका थिए ।
गभर्नर नियुक्तिको विवादले सत्ता गठबन्धन नै फेरबदल हुन सक्ने चर्चाका बीच दुई दलका शीर्ष नेताबीच सहमति भएको हो ।
अर्थशास्त्री पौडेल यसअघि देउवा प्रधानमन्त्री भएका बेला राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए ।