
काठमाण्डू, ६ जेठ– प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा बैठकमा आज संसदहरूका प्रश्नको जवाफ दिने कार्यसूची छ ।
प्रतिनिधिसभा नियमावलीमा संसद चलेको अवस्थामा प्रधानमन्त्रीले हरेक महिनाको पहिलो साता सांसदका प्रश्नहरुको जवाफ दिने व्यवस्था छ ।
संघीय संसद् सचिवालयका अुनसार प्रतितिनिसभा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । यस्तै बैठकमा पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूचीसमेत रहेको छ ।
भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्नेछन् ।