
काठमाण्डू, ५ जेठ– प्रहरीले काठमाण्डू महानगरपालिका–१६ स्थित पकनाजोलबाट लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ घर भएका ४५ वर्षीय रुद्रबहादुर थापा र ३६ वर्षीय राकेश परियार रहेको प्रहरीले जानकारी दिएको छ ।
आरोपीहरुको साथबाट आइतबार १ हजार ६० ग्राम अफिम बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी अपिल बोहराले जानकारी दिएका छन । आरोपीविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाण्डूबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।