मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको छः प्रचण्ड

काठमाण्डु टुडे २०८२ जेठ ५ गते १३:५४ मा प्रकाशित

काठमाण्डू, ५ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको बताएका छन ।

आज (सोमबार) दैलेखको भगवतीमाई गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले मध्यपहाडी लोकमार्ग अभियानको उद्देश्य, यसको राष्ट्रिय महत्त्व र अभियानको क्रममा देशभर प्राप्त भएको जनसमर्थन र सम्मान बताए । अध्यक्ष प्रचण्डले भने, ‘यो अभियान अब केवल एउटा पार्टीको मात्र नभई, राष्ट्रकै साझा अभियान बनिसकेको छ।’

अध्यक्ष दाहालले ७५३ स्थानीय तहमध्ये उत्कृष्ट ‘छ’ मा पर्न सफल भगवतीमाई पालिकाका प्रमुख गणेशबहादुर थापा र उपाध्यक्ष मीना थापालाई सम्मान गरेका छन ।

अध्यक्ष थापा माओवादी केन्द्रबाट निर्वाचित हुन् भने उपाध्यक्ष थापा नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन् । त्यसैगरी, कर्मचारीतर्फ नायब सुब्बा (नासु) प्रेमबहादुर खड्कालाई समेत पालिकामा उल्लेखनीय कार्यसम्पादन गरेबापत सम्मान गरिएको छ । उक्त सम्मान अध्यक्ष दाहालले प्रदान गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us