
काठमाण्डू, ५ जेठ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजान नदिने बताएको छ । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद दुर्गा राईले यस्तो बताएकी हुन ।
उनले सत्तामा रहेका कांग्रेस र एमालेले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजाने प्रयत्न गरेको दाबी गरिन् । तर, माओवादीले त्यसो हुन नदिने उनको भनाइ छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भनिन्, ‘नेकपा एमाले र नेपाली कांग्रेसले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजाने प्रत्यत्न गर्दैछन् । त्यो सफल हुन नेकपा माओवादी केन्द्रले दिँदैन, ‘उहाँहरू सत्ता गठबन्धन २०८४ सम्म जान्छ भनेर सार्वजनिक कार्यक्रममा भनिरहनु भएको छ । जाओस् हामी पार्टी नेकपा माओवादी केन्द्र उहाँहरूलाई शुभकामना दिन्छ ।’