अख्तियारसम्बन्धी विधेयक छिटो ल्याउन अर्जुननरसिंह केसीको माग

काठमाण्डु टुडे २०८२ जेठ ५ गते १३:२६ मा प्रकाशित

काठमाण्डू, ५ जेठ– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अख्तियारसम्बन्धी तेस्रो संशोधन विधेयक छिटो ल्याउन आग्रह गरेका छन ।

आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै कांग्रेस सांसद केसीले यस्तो बताएका हुन । उनले राज्य व्यवस्था तथा सुशासन समितिले कांग्रेस सांसद हृदयराम थानीको संयोजकत्वमा उपसमिति बनाएर सहमति जुटाइएको विधेयक छिटो ल्याउन माग गरेका हुन् ।

सांसद केसीले मुलुकमा सुशासन हुन नसकिरहेको अवस्थामा विधेयक छिटो ल्याएमा मुलुकलाई सुशासन बाटोमा डोर्‍याउन सहज हुने पनि बताएका छन ।

उनले मन्त्रिपरिषद् पनि संविधान अन्तगत नै पर्ने भएकाले नीतिगत निर्णय सुशासन कायम गर्ने खालका छन् कि छैनन् भन्ने मापन गर्ने व्यवस्था गरिए उपयुक्त हुने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us